नेकपाको स्थायी कमिटी बैठक तत्काल नबस्दैमा आकाश खस्दैन : मन्त्री योगेश भट्टराई


काठमाडौं, २६ वैशाख । नेकपाका स्थायी कमिटी सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पार्टीभित्रको विवाद छिट्टै हल गर्नुपर्ने बताउनु भएको छ । उहाले केही समस्या छन भने बाहिर छरेर नहिडि पार्टिभित्रबाट नै समस्याको समाधान खोज्नुपर्ने बताउनु भएको छ ।

पार्टिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलिले सरकारका केही कमीकमजोरी भए आत्माआलोचना गरिसक्नु भएको भन्दै सरकार बिकास निर्माण , कोरोना बिरूद्द् राम्रो काम गरिरहेको र झन्डै आठ प्रतिशतको वृद्धि हुने नजिक नजिक पुर्याएको अवस्थालाई उपलव्धीको रूपमा लिदै सस्थागत गर्नुपर्ने समेत बताउनु भएको छ ।

मन्त्री भट्टराईले वर्तमान प्रधानमन्त्री ओली सफल प्रधानमन्त्री भएको र उहाले राम्रो काम गरेको गरेको बताउनु भएको छ । उहाले पार्टीको स्थायी कमिटी बैठक तत्काल नै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको पनि स्पष्ट पार्दै भन्नुभयो -“बैठक दुई चार दिन लम्बिन्छ । नेताहरु मिलेर जहिले गरेपनि हुन्छ ।”

उहाले नेकपाको स्थायी कमिटी बैठक तत्काल नबस्दैमा आकाश खस्दैन भन्दै आफू सरकारको स्थायीत्वको पक्षमा रहेको बताउनु भएको छ ।

उहाले प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस