विश्वभर कोरोनाबाट ३९ लाख १७ हजारबढी संक्रमित


काठमाडौं, वैशाख २६ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७१ हजार ५४ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार भन्दा बढीको मृत्यु भएको छ ।

शुक्रबार बिहानसम्ममा ३९ लाख १७ हजार ५८५ जनामा कोरोनाको संक्रमण देखिएको छ । एकैदिन ९६ हजार २ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस