प्रधानमन्त्रीद्धारा नेकपाका सांसदहरुलाई लिखित निर्देशन


काठमाडौं, बैशाख २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सांसदहरुलाई लिखित निर्देशन दिनुभएको छ ।

संघीय संसदको दुवै सदनको बैठक सुरु हुनुअघि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, प्रतिनिधिसभामा दलका प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभामा दलका नेता दीननाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराईसहित बैठक बसेर नेकपाका सांसदहरुलाई प्रधानमन्त्रीले लिखित निर्देशन जारी गर्नुभएको हो ।

लिखित निर्देशन पत्रमा भनिको छ, ‘संसदमा हाम्रो दलगत एकता र विषयगत एकरुपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्युहरुले बुझ्नुभएकै छ।’

हेर्नुस लिखित निर्देशन

प्रतिक्रिया दिनुहोस