प्रधानमन्त्रीले भेटे राष्ट्रपति


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी वीच भेटबार्ता भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको शुक्रबार राति भेटघाट भएको हो ।

सङ्घीय संसद्को छैटौँ अधिवेशन हिजो देखी शुरु भएको छ । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

आगामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको बेला राष्ट्रपती र प्रधानमन्त्रीको भेट भएको हो । उहाँहरु बीच शुक्रबार राति करिब अढाइ घन्टासम्म भेटघाट भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस