भारतले लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारको कडा आपत्ती (परराष्ट्र मन्त्रालयले विज्ञप्ति सहित)


भारतले लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले कडा आपत्ती जनाएको छ । परराष्ट्र मन्त्रालयले आज शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडक बनाएकोमा आपत्ति जनाएको हो ।

शनिवार परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै सन् १८१६ को सुगौली सन्धि अनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली (महाकाली) नदीको पूर्वक्षेत्र नेपाली भूभाग भएको प्रष्ट पारेको छ र पछिल्लो पटक भारतले जारी गरेको नक्साका सम्बन्धमा पठाएको कूटनीतिक नोटमा समेत त्यसलाई उल्लेख गरिएको मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले भारतलाई नेपाली भूमिमा कुनै पनि किसिमको गतिविधि अघि नबढाउन समेत आग्रह गरेको छ।

हेर्नुस् परराष्ट्र मन्त्रालयले विज्ञप्ति

प्रतिक्रिया दिनुहोस