समाजिक संजाल नयाँ पिढीको परमाणु बम हो- अमिताभ बच्चन
मुम्बई, १५ बैशाख: अमिताभ बच्चनले सामाजिक संजाललाई नयाँ पिढीको लागि परमाणु बमको संज्ञा दिनु भएकोछ।
सामाजिक सजांलमा प्रयोगकर्ताहरुले आफ्ना विचारहरु, चाहे त्यो राजनीतिक होस या गैह्र राजनीतिक होस, स्वतन्त्र रुपले राख्न सक्ने भएकोले सामाजिक संजाल नयाँ पीढीको एटम बम भएको विचार व्यक्त गर्नु भएको हो । आफ्नो ब्लगको माध्यमले सामाजिक संजालको बारेमा धारणा राख्दै उँहा लेख्नुहुन्छ “सामाजिक संजाल आधुनिक युगको परमाणु बम हो। संजाल प्रयोगकर्ताले आफ्ना विचारसंग असहमत व्याक्तीको कार्यको तुरुन्त प्रतिक्रिया व्यक्त गर्ने क्षमता राख्दछन र दुस्मनलाई क्षण भरमै घुँडा टेकाउन सक्ने सार्मथ्य राख्दछन। संसार भरमा सात अरब भन्दा बढी व्यक्तिहरूले समाजिक सञ्जालको प्रयोग गरि आफ्नो राजनीतिक, गैह्र राजनीतिक राय व्यक्त गर्न सक्ने क्षमता राख्छन।”
अमिताभ सामाजिक सजांल साइट ट्विटर, फेसबुक र इन्स्टाग्राममा धेरै सक्रिय हुनुहुन्छ। उहाँ ब्लगमा पनि सक्रिय हुनुहुन्छ। उहाँ को ट्विटर ह्यान्डलमा ३.६९ करोड फलोअर छन भने, इन्टाग्राम र फेसबुकमा क्रमस १.२६ करोड र ३ करोड फलोअर छन।