अतिक्रमित भूमि फिर्ताको माग गर्दै प्रतिनिधीसभामा नेकपा सांसदको संकल्प प्रस्ताव दर्ता


काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतले अतिक्रमण गरेको ४०० वर्ग किमी भूभाग फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग गर्दै नेकपाका सांसदहरुले संकल्प प्रस्ताव दर्ता गर्नु भएको छ ।

नेकपा सांसदहरु गणेशप्रसाद ठगुन्ना, दिपकप्रकाश भट्ट, गणेश कुमार पहाडी ,रामकुमारी झाक्री , यज्ञ बहादुर बोगटी लगायतले प्रतिनिधीसभामा संकल्प प्रस्ताव दर्ता गर्नुभएको हो ।

दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग नेपालको भएको ऐतिहासिक प्रमाण, तथ्यहरुले प्रमाणित भएको भन्दै संकल्प प्रस्तावमा महाकाली नदी पूर्वको करिव ४०० वर्ग किमी भूभाग फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न नेपालको संबिधानको धारा ५ र प्रतिनिधीसभाको नियमावलीको दफा ८४ को व्यबस्था बमोजिम संकल्प प्रस्ताव दर्ता गराउदछौ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस