नेपाली भूमिवाट विदेशी फौज र अतिक्रमित भूमि फिर्ता गराउन सांसद अधिकारीद्धारा ७ बुदे संकल्प प्रस्ताव दर्ता


काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतले अतिक्रमण गरेकोभूभाग फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग गर्दै नेकपा सांसद खगराज अधिकारीले ७ बुदे संकल्प प्रस्ताव दर्ता गर्नु भएको छ ।

ऊहाले आज प्रतिनिधीसभामा संकल्प प्रस्ताव दर्ता गर्नुभएको हो । ऊहाले ७ बुदे संकल्प प्रस्तावमा लेख्नुहुन्छ “नेपालको सिमाना कालापानी क्षेत्र र सुस्ता क्षेत्र विवादस्पद हो। यसको निरूपण गरेर मात्र आपसी विश्वास र सहमतिलाई अरू कसिलो बनाउन सकिन्छ भन्दै नेपालले भारत संग स्पष्ट अडान राखेको र भारतले स्वीकार गरेको परिपेक्ष्यमा नेपालको लिपिलेक,लिपियाधुरा लगायतको क्षेत्रलाई भारतमा पारी राजनीतिक नक्शामा भारतपक्षले निकालेकोमा नेपाल सरकारले तत्काल कुटनीतिक नोट पठाईविरोध जनाएको तत्काल द्धीपक्षिय वार्ताको लागि मिति प्रस्तावित गरेको अबस्थामा कुनै जवाफ प्राप्त नभै – विश्व कोरोना-१९ ले आक्रान्त भएको मौका पारी हाम्रो भूभागबाट बाटो खनि कैलास मानसरोवर जाने गरि उदघाटन समेत गरिएको समाचारले नेपाल मर्माहत भएको छ।
नेपाली भूमिवाट विदेशी फौज तत्काल फिर्ता हुन,त्रिदेशीय सीमाको निक्यौल संयुक्त राष्ट्र संघको बडापत्र,पन्चशील सिद्धान्त र असंग्लग्न सिद्धान्त र अन्तर्राष्ट्रिय सन्धि सम्झौता आधारमा निक्यौल गर्न नेपालको संविधानको धारा-५ मा आधारित रास्ट्रीयत सिङ्गो रास्ट्र एकताबद्ध हुन नेपाल सरकारले चालेका रास्ट्रीयहीतका कदमका एकताबद्ध बल बनाउन यो संकल्प प्रस्ताव प्रस्तुत गरेको छु । ”

१ ) सम्पुर्ण राजनितिक दल र सरोकारवाला शक्तिको एकता कायम गरिराख्न
२) नेपाल र छिमेकी रास्ट्रको समान सार्वभौमिकता र रास्ट्रीय हीतमा आवश्यक ध्यान पुर्याउन
३) यस मुद्धालाई द्धिपक्षिय वार्ता र अन्य अन्तर्राष्ट्रिय मान्यताका आधारमा अघि बढाई समाधान गर्न
४) अन्तर्राष्ट्रिय सम्बन्ध समितीको माध्यमबाट अनुगमन र निर्देशन प्राप्त गरि नेपाल सरकारलाई मद्धत पुर्याउन
५) नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम हुन नदिन
६) नेपाल सरकारको पहलमा भएको अभूतपूर्व एकतालाई अझै कायम राखी बलियो बनाउन
७) सुगौली सन्धीले कायम गरि रहेको भूखण्ड आफ्नो आफ्नो वनाउन

प्रतिक्रिया दिनुहोस