मुख्यमन्त्री शंकर पोखरेलद्धारा भीम रावललाई राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप नगर्न आग्रह


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपा नेता भीम रावललाई राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप नगर्न आग्रह छ ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भन्नुहुन्छ ”
विगतमा गृह,रक्षा र पर्यटन मन्त्रालय समेतको जिम्मेवारी सम्हानु भएका र सुदुरपश्चिम प्रदेसको इन्चार्ज समेत रहनु भएका कमरेड भिम रावलजीले कालापानी लगायत नेपाल भारत बीचको सिमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफुले हासिल गरेको अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खवर सुन्न पाएको भए खुसीको अनुभूती हुने थियो । राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप भन्दा वलियो एकता र सार्थक पहलको खाँचो पर्दछ । संसदका समिति र संसद भित्रको छलफलमा पनि त्यो देखिनु आवश्यक छ । आपसी कटाक्ष र विवादले राष्ट्रको पक्षनै कमजोर वन्न पुग्छ । सिमाअतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निशर्त सहयोग गर्नु हामी सबैको कर्तव्य हो ।

प्रतिक्रिया दिनुहोस