कसैले मुख मिठ्याउदैमा प्रधानमन्त्री फेर्न हुँदैन : मुख्यमन्त्री गुरुङ


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कसैले मुख मुख मिठ्याउदैमा प्रधानमन्त्रीको पद फेर्न नहुने बताउनु भएको छ।

उहाले जनताले स्थीर सरकारको पक्षमा जनमत दिएको बताउदै दलको मान्छेलाई भागबन्डा गर्न जनमत नदिएको जनता टेलिभिजनको कार्यक्रम जनसंबादमा कुरा गर्दै बताउनु भएको हो ।

गुरुङले एक व्यक्ति एक पदको कुरा उठाएर प्रधानमन्त्री ओलीमाथि घेराबन्दी गर्ने कोशीस भएको बताउनु भयो ।

पार्टीमा जो अध्यक्ष हुन्छ उही प्रधानमन्त्री हुने व्यवस्था पहिला पनि थियो र अहिले पनि छ गुरूङको भनाइ थियो । प्रधानमन्त्रीले दुईमध्ये एक पद छोड्नु पर्ने भयो भने के हुन्छ भन्ने प्रश्नमा मुख्यमन्त्री गुरुङले त्यो कल्पनामात्रै हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस