परराष्ट्रमन्त्रालयले भारतीय राजदूतलाई बोलाएर नेपाली भूमिमा सडक निर्माण गरेको बारेमा ‘कुटनीतिक नोट’ थमायो


सरकारले लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालय बोलाएर ‘कुटनीतिक नोट’ थमाएको छ ।

राजदूत क्वात्रासँग परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी समेत लिएको छ । राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली, सचिव शंकर वैरागीसहितका पदाधिकारीलाई मन्त्रालयमा भेटनु भएको हो ।

भारतले लिपुलेकमा नेपाली भूमि मिचेर निर्माण गरेको सडक हालै उद्घाटन गरेको थियो । परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस