२३ जना सङ्क्रमित मुम्बइबाट यसरी नेपाल अाइपुगेका थिए



ते । प्रदेश ५ मा सोमबार मात्रै २३ जनामा नयाँ काेराेना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमितको संख्या ५३ पुगेको छ । सोमबार कपिलवस्तुमा १६, रुपन्देहीमा ६ र बर्दियामा १ जना नयाँ सङ्क्रमित थपिएका हुन् । उनीहरु सबै भारतको मुम्बइ शहरबाट आएका र लुकीछिपी नेपाल प्रवेश गरेका थिए । तर, उनीहरूको यात्रा विवरण भने फरकफरक छ ।

कपिलवस्तुमा सोमबार १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा सङ्क्रमितको संख्या २१ पुगेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायाण् पौडेलका अनुसार यसमध्ये बुद्धभूमि नगरपालिकाका ४ जना र यशोधरा गाउँपालिकाका १२ जना छन् । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार उनीहरू सबै भारतको मुम्बइ शहरबाट आएका थिए । भारतीय सीमासम्म रेल र मालबाहक ट्रकमा आएका थिए । त्यसपछि यशोधरा गाउपालिकामा रहेको मर्यादपूर नाकाबाट रातिको समयमा लुकेर स्वदेश छिरेका थिए । गोरखापत्रवाट

प्रतिक्रिया दिनुहोस