नेकपा स्थायी कमिटी बैठक भोली, यस्ता छन मुख्य एजेण्डा


काठमाडौं, बैशाख ३० । नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्प कमल दाहालले एजेण्डा तय गरेपछी नेकपाको स्थायी कमिटी बैठक बस्ने भएको छ । स्थायी कमिटी बैठक बुधवार बस्ने तय भएको हो ।

स्थायी कमिटी बैठक बुधवार ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको छ । यसअघी बैठकको एजेण्डा तयार नहुँदा स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

बुधवारको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे सुझाव दिने र लिपुलेकमा भारतले बनाएको सडकबारे छलफल गर्ने एजेण्डा तय गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस