प्रमका प्रमुख राजनीतिक सल्लाहकार रिमालद्धारा लगातार तीन ट्वीट गर्दै नेता रावललाई जवाफ


काठमाडौं, जेष्ठ १ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य विष्णु रिमाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावल बीच सामाजिक सन्जाल ट्विटरमा विवाद भएको छ । हिजो नेकपा स्थायी कमिटिको बैठक स्थगित हुनुमा भीम रावल कहाँ खटाइएका सशस्त्र प्रहरी जवानलाई कोरोना भाइरसको पुष्टि हुनु पनि एक कारण रहेको रिमालले बोल्नु भएको भन्दै रावलले ट्वीट् गरेपछी विवाद उत्पन्न भएको हो ।

रावलले ट्वटी गर्दै ‘ के निहुँ पाउँ कनिका बुकाउँ भन्ने उखान वालुवाटारका लागि रहेछ ।प्रमंका सल्लाहकार विष्णु रिमालजीले स्थायी कमिटीको बैठक स्थगित हुनुको एउटा कारण म कहाँ खटाइएका एक प्रहरीमा कोरोना संक्रमण भएको भनी उज्यालो नेटवर्क रेडियोलाई भन्नुभएछ । यस्तै मति र बुध्दिले समस्या बढेका छन् ‘ भन्नुभएको थियो ।

त्यसको जवाफ रिमालले तीन वटा ट्वीट गर्दै दिनु भएको छ ‘रावल कमरेड, मैले तपाई वा तपाईंको सचिवालय या सरक्षाकर्मीका बारेमा केही टिप्पणी गर्नु आवस्यकै छैन । पार्टी केन्द्रीय कार्यलयका सचिवद्वयले प्रेषित गर्नु भएको सूचनामा जे लेखिको थियो, बैठक स्थगित गर्नाको त्यही नै आधिकारिक कारण होला।

हरेक विषयमा अनावस्यक मानिसलाई घिसारी सार्वजनिक बहस खडा किन गर्दै हुनुहुन्छ, मैले बुझेको छैन। विगतमा मैले चिनेको कमरेड रावल त यस्तो हुनुहुन्न थियो, यी टिप्पणी तपाई कै हुन या तपाईका टीमका कोही सौम्य र मतिवान मानिसहरूबाट यी काम भई रहेका छन्?माफ गर्नु होला, मलाई यहॉसंग सार्वजनिक बहसमा अल्झिने ईच्छा, रहर वा फुर्सद केही पनि छैन ।

यहॉका “शालिन” सार्वजनिक प्रतिक्रियाले वास्तविकतामाथि भ्रम पार्छ की भनेर मात्र यत्ति लेखेको हुँ। धन्यवाद, लाल सलाम!बैठक राख्ने वा रोक्ने म आधारिक व्यक्ति पनि हैन। यो आरोप, प्रत्यारोप किन र के का लागि? होला यहॉको जत्तिको महान “मति र बुद्धि” म मा नहोला तर, उही पार्टीका सहकर्मीसंग कस्तो व्यबहार गर्ने सामान्य शिष्टारचार मेरो गुरूहरूले सिकाउनु भएको छ।

प्रतिक्रिया दिनुहोस