थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालभर २५८ संक्रमित


काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या थप ९ बढेको छ ।

शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६  वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा ३७ वर्षका पुरुषमा स‌ंक्रमण देखिएको  छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । थपिएका व्यक्तिसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस