लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा


काठमाडौं, २ जेठ–राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरिने बताउनुभएको छ ।

आज सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुहुँदै उहाँले छुटेको भूमि नेपालको नक्सामा समावेश गरेर जारी गरिने बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस