नेपाललाई एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधी


काठमाडौँ, १५ वैशाख: नेपाली युवा क्रिकेट टोलीले एसिसी १६ वर्षमुनि (यू–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ ।    

थाइल्याण्डको चियाङमाईमा आज भएको फाइनल खेलमा नेपालले मलेशियालाई ५९ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । त्यस्तै नेपालको यो लगातार दोस्रो उपाधि हो । गत संस्करणमा भएको फाइनलमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।    

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेशियालाई जितका लागि १४१ रनको चुनौती दिएको थियो । जवाफमा मलेशिया ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८१ रनमा समेटियो ।    

मलेशियाका लागि वान महमद अजमले सर्वाधिक १६, महमद हाजिक आइमनले १८ तथा जिनेन्द्र मुरालेले १४ रन बनाए । मलेशियालाई सस्तैमा समेट्ने क्रममा नेपालका विशालकुमार पटेल एक्लैले चार विकेट लिए भने दीपक बोहोराले तीन विकेट हात पारे ।    

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाउँदै १४० रनको योगफल बनाएको थियो । नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन जोडे । यस्तै दीपक बोहोराले २३, कप्तान विशालविक्रम केसीले १७ तथा निखिलकुमार सिंहले १३ रन जोडे ।    

बलिङतर्फ मलेशियाका सचिनु हित्तेजले तीन तथा जिनेन्द्र मुरालेले दुई विकेट लिए । समूह चरणको खेलमा पनि नेपालले मलेशियालाई ३९ रनले पराजित गरेको थियो । प्रतियोगितामा सिङ्गापुर तेस्रो स्थानमा रह्यो ।    

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई