सुत्केरीको मृत्यु कोरोनाबाट भए नभएको परीक्षण हुँदै छ : स्वास्थ्य मन्त्रालय


३ जेठ काठमाडौं । कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण भएका कारण धुलीखेल अस्पतालमा भर्नाको लागी ल्याउदा ल्याउदै भई मृत्यु भएकी सिन्धुपाल्चोककी महिला कोरोनाका कारण मृत्यु भए नभएको पुष्टि भईनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुत्केरी महिलाको मृत्युका सम्बन्धमा शनिबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिनु भएको हो । अन्य परिक्षण पश्चात रिपोर्ट सार्वजनिक गरिने मन्त्रालयका प्रवक्ता देवकोटाले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस