कोरोना सङ्क्रमणबाट पहिलो मृतकलाई पशुपति आर्यघाटस्थित विदुतीय शव दाहगृहमा अन्त्येष्टि


काठमाडौँ, जेठ ४ गते । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट पहिलो मृतकलाई पशुपति आर्यघाटस्थित विदुतीय शव दाहगृहमा अन्त्येष्टि गरिएको छ ।

मृतकको शवलाई एम्बुलेन्समा राखेर सेना र प्रहरीको स्कटिङमा काठमाडौं ल्याइएको थियो । मृतकको शनिबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिन्धुपाल्चोकनिवासी २९ वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जनाएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्रि.वि.शिक्षण अस्पतालमा वैशाख २४ गते शिशुको जन्म दिनुभएकी २९ वर्षीय महिला निको भई घर फर्किएकोमा वैशाख २९ गते स्वास्थ्य अवस्था जटिल भएपछि धुलिखेल अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस