थप १० जनामा कोरोना संक्रमण , मुलुकभर संक्रमितको संख्या २ सय ९१


नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले थप १० जनामा कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको हो । यससँगै मुलुकभर संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।

मन्त्रालयका अनुसार रौतहटको राजपुर नगरपालिका फरहदवा ९ का १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुष, रौतहटकै इशनाथ नगरपालिका ३ र ५ मा बस्ने २८, ३० र ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस