थप मानवीय क्षति रोक्नेतर्फ सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीबाट थप मानवीय क्षति हुन नदिन सरकार लागिपर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गर्दै उक्त कुरा बताउनु भएको हो । उहाले कोभिड –१९ को संक्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख समेत व्यक्त गर्नुभएको छ । उहाँले आज बिहान ट्विट गर्दै भन्नुभयो, ‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।यस महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने छ।

प्रतिक्रिया दिनुहोस