मन्त्रिपरिषद्को बैठक आज बस्दै , लकडाउन अझ कडा हुनसक्ने


काठमाडौं,४ जेठ– आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउन अझ कडा गर्न सक्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बस्ने बैठकले लकडाउनका विषयमा थप निर्णय गर्नेछ ।

मोडालिटी फेर्ने विषयमा यसअघि छलफल भएपनि हिजो कोरोनाका कारण नेपालमा पहिलो मृत्यु भएपछि सरकारले थप सशक्त बनाएर लैजाने तयारी गरेको बुझिएको छ ।

सरकारले लागू गरेको लकडाउनको समय भोलि राति सकिँदै छ। त्यसैका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

थप मानवीय क्षति रोक्नेतर्फ सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गर्दै उक्त कुरा तर्फ संकेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस