स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्ने युट्युवर पक्राउ


काठमाडौंकाे नागढुंगामा वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की माथि दुर्व्यवहार गर्ने युट्युवर लाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले उत्तम कार्की नाम गरेका युवकलाई नियन्त्रणमा लिएको एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। ‘हामीले दुर्व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिएका छौं। आवश्यक कारबाही हुन्छ,’ एसएसपी ज्ञवालीले भने।

प्रतिक्रिया दिनुहोस