नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुग्यो


४ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गर्नुभयो ।

बाँकेको नैनापुरका २५ वर्षीय युवकको भएको र उहामा कोरोना संक्रमण पुष्टि भएको देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको हो।

त्यस्तै शनिवार नेपालमा कोरोना भाइरसको कारणबाट पहिलोपटक सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस