लकडाउन लम्बियो , जेठ २० गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय


सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो। यसअघी बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

सरकारले पछिल्लो समय थप गरेको लकडाउनको अवधि आज राति सकिँदैछ ।

गत बर्षको चैत ११ गतेदेखि लागू हुँदै आएको लकडाउन सरकारले पछिल्लो पटक आज सोमबार जेठ ५ गतेसम्मका लागि थपेको थियो ।

तर लकडाउनको अवधिमा पनि संक्रमितको संख्या बढ्नु र संक्रमितको मृत्युसम्मको घटना हुनुले यस्लाई अझ कडा पारिने निर्णय समेत मन्त्रिपरिषद् लिएको छ ।

प्रतिक्रिया दिनुहोस