बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि


५ जेठ, काठमाडाैँ । क्वारेन्टीनमै मृत्यु भएका बाँकेका २५ वर्षीय युवासँगै रहेका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार आइतबार कोरोना संक्रमणबाट मृत्यु भएका युवाहरूसँगै क्वारेन्टीनमा रहेका ४७ जनामा थप कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस