मन्त्री परिषद बैठकद्वारा लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित


सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले उक्त जानकारी दिनु भएको हो ।

मन्त्री भट्टराईले ट्विट गर्दै भन्नुहुन्छ ‘आज नेपाल सरकारको मन्त्रिपरिसदको निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ । आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भाईरहने छ । धन्यवाद प्रम केपी शर्मा ओली !’

प्रतिक्रिया दिनुहोस