सत्यमेव जयते कि सिंहमेव जयते : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतसामु लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सत्यको जित हुन्छ कि हुन्न भनेर प्रश्न गरेका गर्नुभएको छ ।

यो भूमि नेपालको भएको र त्यसलाई फिर्ता ल्याइछाड्ने सरकारको दृढता भएको बताउदै भन्नुभयो ‘सत्यमेव जयते कि सिंहमेव जयते ?प्रधानमन्त्री ओलीले यो अडान कुनै देखावा गर्न तमासा बनाउन वा कसैलाई देखाउन गरिएको हैन, हाम्रो भुभाग हामीलाई फिर्ता हुनुपरयो । यसमा कसैले रिसाउने कुरा हुँदैन उहाँले भन्नुभयो हामीले अरुको भुभाग लिन खोजेको हैन, आफनो भुमि ओगटेर कोही रिसाउछ भन्ने ठान्नु हुँदैन । हामी आफनो भुमि फिर्ता लिने कार्यमा अब कुटनीतिक ढंगले अगाडि बढछौ ।

प्रतिक्रिया दिनुहोस