सामाजिक सुरक्षामा सहभागि नहुने रोजगारदातालाई अव श्रमिकले नै प्रश्न गर्नुपर्छ : जिफन्ट अध्यक्ष श्रेष्ठ

काठमाडौं, नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले सामाजिक सुरक्षा कोषमा सूचिकरणमा नजाने रोजगारदातालाई अव श्रमिकले नै प्रश्न गर्नुपर्ने बताउनु भएको छ ।
उहाँले अन्तराष्ट्रिय श्रमिक स्मृति दिवसको अवसरमा काठमाडौंको मनमोहन भवनमा आयोजित कार्यक्रममा उक्त कूरा बताउनु भएको हो ।
अध्यक्ष श्रेष्ठले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी लागु गर्न अव जिफन्टले देशव्यापी अभियान सञ्चालन गर्ने बताउदै यसले सामाजिक सुरक्षा कोषमा सहभागि हुन रोजगारदाताहरुलाई दवाव सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो
अध्यक्ष श्रेष्ठले मे दिवस संघर्षशील परिचय बोकेको दिन भएको भन्दै यसलाई हर्षोल्लसका साथ मनाउन पनि सम्पुर्ण श्रमिकलाई आग्रह गर्नुभयो ।
उहाँले मे दिवस भनेको प्राप्त उपलव्धीमा खुशीयाली मनाउने र बाँकी माग पुरा गर्न संकल्प गर्ने दिन भएको बताउनुभयो । तसर्थ यस बर्षको मे दिवसमा पनि श्रमिकका तर्फबाट कार्यक्रमहरुमा ठूलो सहभागिताको अपेक्षा गर्नुभयो ।