अभिनेत्री मनिषा कोइरालाको पक्षमा ट्वीटरमा ह्यासट्याग शुरू


८ जेठ, काठमाडाैँ । अभिनेत्री मनिषा कोइरालाले कालापानी लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग रहेको नेपाली नक्सा जारी गर्ने सरकारको निर्णयको समर्थन गर्दा सामाजिक सन्जालमा वाहवाही पाउनु भएको छ ।

कालापानी लिपुलेक र लिम्पियाधुरासहितको नेपालको भूमि नक्सामा समेट्ने निर्णय गरेकोमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई धन्यवाद दिँदा उहाको ट्विटरमा वाहवाही पाउनु भएको हो ।

हिजोदेखी नेपालीहरूले ट्विटरमा #backoffindianmedia#IamWithManishaKoirala ह्यासट्याग सुरु गरेका छन , अहिले सो ह्यासट्यागलाई ११ हजार र ७ हजारले भन्दा बढीले प्रयोग गरेका छन । यो नेपालको ट्विटर ट्रेन्डिङमा १ नम्बरमा आएको छ ।

ट्वीटलाई रिट्वीट गर्दै मनिषाले लेख्नु भएको थियो ‘हाम्रो सानो राष्ट्रको गरिमा बढाएकोमा धन्यवाद। अब तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको आशा गर्दछु।’

प्रतिक्रिया दिनुहोस