प्रधानमन्त्री ओलीको अर्को बोल्ड कदम :निशान छाप फेर्न संविधान संशोधन गर्ने निर्णय


काठमाडौं, ९ जेठ–मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार नेपालको नयाँ नक्सा कार्यान्वयन गराउन संविधान संशोधनको विधेयक संसदमा दर्ता भएको छ ।

सो विधेयक कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले दर्ता गराउनु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा लैजाने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस