सक्छौँ त देशको लागी ?


@mindkisor

सक्छौँ त देशको लागी ?
हामीलाई समयले यस्तो विन्दुमा ल्याएको छ कि, अब कि गरि छाड्नुछ कि मरि जानु छ । नेपालको यस ऐतिहासिक कालखण्डमा जन्म लिन पाएकोमा म गौरवान्भित छु र आशा गरेको छु, हजुरहरूलाई पनि खुसी लागेको छ । तर गौरव गर्न लायक हुन चाहिँ केहि मुल्य चुकाउनु पर्नेछ । कवि भूपि शेरचनले आफनो कवितामा भने जस्तै ‘हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए’ के हामी तयार छौँ त ? देशको इतिहासमा स्वर्ण अक्षरमा आफनो पुस्ताको नाम लेख्न !

आजसम्म कसैको अधिनमा नभएको देश परनिर्भर छ, यो हाम्रो लज्जास्पद अवस्था हो । यो अवस्था आउनमा आजसम्मको सरकार र हामी सबैको लगभग बराबर हात छ । यस मानेमा कि वार्षिक नेपालले खपत गर्ने रु. ९ खर्ब १८ अर्बको सामानमा केहि हजार र लाख हामी सबैको घरबाट गएको छ । आजको विश्वका शक्तिशाली देशहरू कुनै समय यस्तै अवस्था पार गरेर आएका हुन् । तर ति देशहरूको एउटा कुरा भने उस्तै थियो, त्यो हो राष्ट्रीय एकता, बलियो सरकार र मूलतः जिम्मेवार नागरिक । त्यति मात्र होइन ति देशहरुमा कम्तीमा केहि पुस्ताले आफ्नो व्यक्तिगत जीवन देश विकासको लागी सुम्पिएका थिए । केहि देशमा वैदेशिक रोजगारिको श्रम देशमैं खर्चिए त केहि स्वदेशी उत्पादनको मात्र उपभोग गरे । त्यसैले आत्मनिर्भरता नै अबको हाम्रो मूल लक्ष्य हुनुपर्छ ।
हाम्रो पुस्तालाई पनि यहि अवसर र चुनौती आएको छ ।

यदि हाम्रो देशले गाँस, बास, कपास, शिक्षा र स्वस्थको व्यवस्था सुनिश्चित गर्यो भने के तपाई हामी विकास क्याममा बसेर व्यक्तिगत स्वार्थ त्यागेर आफनो सिप र श्रमको जिवन दान गर्न सक्छौ त देशको लागी ? वैदेशिक रोजगारी वा अन्य कारणवस विदेशमा रहनुभएको बूबा–आमा,दिदि–भाई तथा दाजु–बहिनीहरू के त्यो विलासि जीवन त्यागेर नेपाल आउन सक्नु हुन्छ त देशको लागी ? के तपाई हामी व्यक्तिगत स्वार्थ देशको स्वार्थको लागी सुली चढाउन सक्छौँ त ? के हाम्रो सम्पूर्ण सम्पत्ति देशको नाममा गरेर सबै जना एउटै बास मुनि, एउटै गाँस खाएर नेपाली भएर बाँच्न सक्छौँ त देशको लागी ? यदि सकिँदैन भने जय देश र जय नेपालको नारा नलगाए हुन्छ । यदि सकिन्छ भने समृद्ध नेपालको कल्पना नगरे पनि हुन्छ । यदि तपाईको उतर सकिन्छ हो भने पक्कै पनि देशले काँचुली फर्नेछ यहि पुस्ताबाट र हाम्रो आँउदो पुस्ताले चाहिँ हामीलाई सलाम गर्नेछ । यो युगलाई स्वर्ण युग भनिनेछ र देशको इतिहासमा हामी सबैको नाम स्वर्ण अक्षरले लेखिनेछ ।
सरकार ! हामी तयार भएपछि एउटा सर्वेक्षण सुरु गरौँ, आफनो जनशक्तिको किसिम, प्रकार र सिपको विवरण संकलन गरौँ । देश तथा विदेशमा रहेक सम्पुर्ण नेपालीलाई देश फर्कन आव्हान गरौँ, विज्ञ र प्रबुद्ध समुहको साथबाट राष्ट्र निमार्ण कार्ययोजना तयार पारौँ साथ–साथै सम्पूर्ण व्यक्तिगत सम्पत्ति र कलकारखाना राष्ट्रियकरण गरौँ । अनि, विद्यार्थी वर्गलाई हामीलाई चालिस वर्षसम्म खाँचो पर्ने जनशक्ति अनुसारको शिक्षाको व्यवस्था गरौँ । शिक्षा र सिपको आधारमा वर्गीकरण गरेर जनशक्तिको समुहहरु बनौँ, सिमामा काँडे तार लगाँउ, सम्पूर्ण विदेशी कुटनितिज्ञ संस्थाहरु फिर्ता पठाउँ, आई एन जिओ, एन जि ओ खारेज गरौँ, सोदेशी उत्पादनको मात्र प्रयोग गरौँ बरु दुई वर्ष आधा पेटनै खाँउला, दुई वर्षसम्म आधारभूत आवश्यकता, पर्यटन पुर्वाधार र गन्तव्यहरुको विकास गरौँ, मलाई विश्वास छ तेर्षो वर्षबाट पर्यटनको लागी हामीले देश खुल्ला गर्दै गर्दा हामी आत्मनिर्भर भएर केहि वस्तु निर्यात गर्नि हैसियतमा पुगने छौँ। मलाई लाग्छ ुन्यूनतम भए पनि केहि हुदैन यदि प्रयोग उच्चतम भयो भने ु हामीले हाम्रो शिप,जनशक्ति, श्रोत र साधनको उच्चतम प्रयोग गरौँ, १० वर्षमा देशले काचुली फेरनेछ। हामी विश्वको गगंन चुम्बिय भवनहरुसंग प्रतिस्पर्धा गर्नु हुदैन र पर्दैन, यस्तो परियोजनमा लगानी नगरौँ बरु नेपाललाई अर्गानिक नेपाल भनेर विश्वमा छुटै तस्वीर बनौँउ जसको महत्व अहिले विश्वले बुझदै छ। जिवनमा एक पटक आउनु पर्ने देशको रूपमा विकसित गरौँ, यति गर्न सक्यौँ भने हाम्रो सन्ततिहरूको लागी देश मै सुन फल्नेछ र नेपालले प्राकृति संरक्षणमा दिने योगदानलाई विश्वले सम्मान गर्नेछ । हामी तिनको छानामा बसे पनि हाम्रो देशको चाहि सुनको छाना हुनेछ । तर प्रश्न त्यहि छ, सक्छौँ त देशको लागी ?

समय आएको छ, अहिले नभए केहिले हुन्छ, हामीले नगरे कसले गर्छ ? के तयार हुनुहुन्छ त ? के सार्मथ छ त यो कायापलट ल्याउन ? संकल्प गर्न सक्छौँ त? सक्छौँ त देशको लागी ?
जय देश !युदिप सुबेदी

प्रतिक्रिया दिनुहोस