सुरक्षालाई अझ प्रभावकारी बनाइने : गृहमन्त्री थापा


भोजपुर, १५ वैशाख : गृहमन्त्री रामबहादुर थापाले आगामी आर्थिक वर्षको बजेटबाट सुरक्षालाई अझ मजबुद बनाउने गरी काम गरिने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालयको भवन र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको उद्घाटन गर्दै उहाँले भोजपुरसँगै देशभरबाट जनताले सुरक्षाको माग राख्दै सेवा केन्द्र तथा प्रहरी चौकीको माग राखेर एक हजार बढी निवेदन आएकाले सुरक्षालाई ध्यानमा राख्दै अधिकतम स्थानमा स्थापना गर्न आगामी वर्षमा बजेट विनियोजन गरेर काम गर्ने बताउनुभयो । उहाँले देशभरबाट एक हजारभन्दा बढी प्रशासनिक सेवा केन्द्र, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी स्थापना गर्न निवेदन आएका भए पनि देशको अर्थतन्त्रले धान्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै अधिकतम ठाउँमा चौकी तथा सेवा केन्द्र स्थापना गर्न आगामी वर्षमा बजेट विनियोजन गर्ने जानकारी गराउनुभयो । उहाँले सबै स्थानीय तहले जनताको विकास र चाहना पूरा गर्ने संकल्पका साथ आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
(रासस)

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई