पूर्व मन्त्री बाँस्कोटा कडा ट्वीटगर्दै भन्छन ‘ रुकुम घटना मानवीय संवेदनशीलता सम्पूर्ण लक्ष्मणरेखा धुजाधुजा पारिएकाे घटना हो ‘


१३ जेठ, काठमाडौँ । पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाले ट्वीटरमार्फत् अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनालाई मानवीय संवेदनशीलता सम्पूर्ण लक्ष्मणरेखा धुजाधुजा पारिएकाे घटना हो भन्नुभएको छ ।

पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाले ट्वीटरमार्फत् मार्फत भन्नुहुन्छ ‘ त्रासदीपुर्ण रुकुम घटनाकाे सत्य तथ्य गृहमन्त्रालयले बनाएकाे छानबीन समितिले ल्याउला।र,अपराधी कानुनी घेरामा पनि पर्लान।तर मानवीय सम्वदनशीलताका सम्पुर्ण लक्ष्मणरेखा धुजाधुजा पारिएकाे त्याे नृशंसहत्या काण्ड न्यायप्रेमी नेपाली समाजले एउटा जघन्य सामाजिक अपराधका रुपमा सम्झने छ।’

प्रतिक्रिया दिनुहोस