जातिय विभेद र सनातन धर्म


जातिय बिभेद, छुवाछुत सामाजिक कुसंस्कार र रुढीबादी परम्परा हो,वैदिककालमा जातिवाद थिएन र प्राचीन कालमा छुवाछूत पनि थिएन भन्ने तथ्यहरु शास्त्रमै समेटिएका छन् आजभोलि यसलाइ धर्म सङ्ग जोडिने गरिन्छ ! बास्तबमा यो विभेद, रुढीबादी परमपरा जुन कुनै कालखण्डमा राज्य का शासक बर्गले आफ्नो अनुकुल बानाएका सामाजिक ब्यबस्था मात्र हो । जसको दीर्घ असर हाल समाजमा सामाजिक बिखण्ड्न, मानब-मानव बिच द्वैष्यता, जातिय हिंसा, मनोबैज्ञानिक असर पार्दै गएको हामी सबैमा बिदितै छ। जातीय वंशजको रूपमा फैलिएको राजनीतिक महत्वाकांक्षाले विस्तारै सनातन परम्पराबाट चलिआएको सामाजिक व्यवस्था गिराइयो जसको परिणाम आज जातिबाद नाताबाद हुँदै ब्यक्तिबाद सम्म आइपुग्यो ।

आजभोली यो कुसंस्कारलाई धर्म सङ्ग जोड्ने गरिन्छ, त्यो अत्यन्तै अर्थहीन कुरा हो, जस्को केही उदाहरण प्रस्तुत गर्न चाहन्छु। यजुर्बेद मा मानवलाई मुलत ४ बर्णमा बिभाजन गरिएको छ । ( ब्राह्मणोऽस्य मुखामासीद् बाहूराजन्यः कृतः। ऊरू तदस्य यद्वैश्यः पद्भयाशूद्रोऽजायत॥११॥ -यजुः० ३१।१०-११) अर्थात, ब्राहमण रुप मुख हुन जो ज्ञान,दर्शन हो , क्षेत्री पाखुरा हुन बिरता वा रक्षा, वैश्य तिघ्रा हुन जो श्रम, व्यापार वा कला , शुद्र खुट्टा हुन जो मुख( ब्राहमण), पाखुरा (क्षेत्री), तिघ्रा ( बैस्य) सबै लाई गति दिने खुट्टा हुन । जस्को विशेषता सहयोगि मानिन्छ जुन ब्यक्ती को जन्मको आधारमा नभएर कर्म र रुचिको आधारमा वर्ण ब्यबस्था गरिएको छ । शुद्र ब्यक्ती ती हुन जसको सहयोगीको क्षमताको मात्रै हुन्छ ती ब्यक्ती सहयोगी को रुपमा ब्राहमण,क्षेत्री र वैश्य को सहायता गर्ने क्षमता भएका हुन्थे ।

वैदिक संस्कृति अनुसार प्रत्येक ब्यक्तीको जन्म शुद्र बर्णमा नै हुन्छ,उसको रुचि, क्षमता, र प्रतिभा अनुसार ब्राहमण क्षेत्री वा बैश्य वर्णमा निर्धारण हुन्छ, बैदिक कालमा यदि कोहि सामान्य अबस्थाको बिशेष गुण नभएको ब्यक्ती शुद्र हुन्थे र सहयोगी को रुपमा कर्म गर्थे जो हतियार सम्बधि ज्ञान र बितिय सहयोगी भएर समाजको अंगको रुपमा रहन्थे। सनातन कालमा ब्यक्तिले आफ्नु इच्छा अनुसार कर्म कार्य गर्ने गर्दथे र त्यही कर्म को आधारमा उनिहरुलाइ वर्गीकरण गरिन्थ्यो। कालन्तरमा विभिन्न शासकहरु द्वारा जाती, छुवाछुत जस्ता सामाजिक ब्यबस्थाहरु ल्याए सङ्गै समाजमा जातिय विभेद शुरु भयो जुन रुढिबादि कट्टरपन्थि ब्यबस्थाको रुपमा समाजमा स्थापित भयो ।

जो शुद्र बर्गलाई सामाजिक जिबनमा बहिस्कार गर्न थालियो, अछुत बनाइयो ,जुन बर्गसङ्ग छुत र बिबाहमा प्रतिबन्ध लगाइयो। राज्य बाट दण्डमा समेत अपराधीलाई अछुत बनाइयो। उनिहरुको सन्तान पुस्तौ पुस्ता, आर्थिक, सामाजिक, संस्कृतिक र मनोबैज्ञानिक रुपमा शोषित भए र सामाजिक अपहेलना सहित जिबनयापन गर्न बाध्य भए। नेपाल को संदर्भमा भन्नू पर्दा यहाँ पर्बती, नेबारी र तराइका मधेसी समुदाय मा यो जातिय बिभेद,छुवाछुत र अपहेलना रहेको पाइन्छ। मुख्यत तराईमा मधेशी समुदायमा तुलनात्मक रुपमा धेरै जातिय हिंसा र छुवाछुत रहेको देखिन्छ । सनातन धर्ममा यो जातिय विभेद, छुवाछुत को बारेमा उल्लेख छैन ।

धेरै धर्म ज्ञाता, बेदान्त बिदहरु अनुसार पनि बेद मा ४ बर्णको नाम धेरै आएता पनि शुद्र अछुत र शुद्रले वैदिक ज्ञान अथबा बेद ज्ञान अध्ययन मा रोकलगाउने भन्ने कतै उल्लेख छैन । सनातन धर्मको इतिहास मा विभिन्न युगमा कर्म अनुसार वर्ण परिबर्तन भएको तथ्यहरु पाइएको छ ती केहि निम्न छन । – (बिष्णु पुराण ४.१.१४) – राजा दक्षको छोरा पृषध शूद्र भए ,पछि तपस्या गरेर मोक्ष प्राप्त गरे | – सत्यकाम जाबाल गणिका बैश्य का छोरा थिए पछि ब्राह्मणत्व प्राप्त गरे | – (विष्णु पुराण ४.१.१३) राजा नेदिष्टको छोरा नभाग वैश्य भए। पछि उनका छोरा हरु ले क्षत्रिय वर्ण अपनाए | – (विष्णु पुराण ४.२.२) धृष्ट नाभागको छोरा थिए उनि ब्राह्मण भए र उनको छोराले क्षत्रिय वर्ण अपनाए | – (विष्णु पुराण ४.३.५) हारित क्षत्रियपुत्र बाट ब्राह्मण भए | – (विष्णु पुराण ४.८.१) शौनक ले ब्राह्मणत्व प्राप्त गरे र क्रमस उनका छोराहरुले क्षेत्रीय र शुद्र वर्ण अपनाए । – ऋषि पुलस्त्यकोको छोरा रावण आफ्नो कर्मले राक्षस बन्यो ( रामायण ) – विदुर दासीको छोरा थिए | उनी आफ्नो ज्ञान र साधना ले ब्राहमण भए र हस्तिनापुरका मंत्री भए । ( महाभारत) – ब्राम्हण ऋषि ब्यास बाट जन्मेका पाण्डु र धृतराष्ट क्षेत्री भए । – ऋषि विश्वामित्रको छोराहरुले शूद्र वर्ण अपनाए | विश्वामित्र स्वयं क्षत्रिय थिए तर ज्ञान र सिद्दी ले ब्राह्मणत्व प्राप्त गरे | – राजा रघुका छोरा प्रवृद्ध राक्षस भए | – ऐतरेय ऋषि दासको संन्तान थिए तर विशिष्ट बेद ज्ञान को ज्ञाता बेदको उपनिषद्को आबिस्कार गरे । वेद मा अत्यधिक परिश्रमी कठिन कार्य गर्ने, मेहनेति लाई शूद्र भनिएको छ । (“तपसे शूद्रम”-यजु .३०.५), त्यसैले जातिबाद, छुबाछुत,जस्ता सामाजिक विभेद सनातन धर्मले मान्दैन।धर्मको बारेमा बास्तबिक जानकारी नभएका वा त्यस्ता ब्यक्तीहरु जो ब्राहमण कुलमा जन्म भएर आफू ब्राहमण भएको दाबी गर्ने तर ब्राहमण गुण नभएकाहरुले जस्मा धर्मिक शास्त्रीय बेदान्त ज्ञान छैन ती अन्धभक्तले मात्रै जातिबाद, भेदभाब र छुबाछुत लाई प्रोत्साहन दिने गर्दछन । जो बेदको मुल ज्ञान राख्छन ती रुढिबादी छुवाछूत र बेदभाबमा बिश्वास गर्दैनन । केही जातिभेदको आधारमा आफ्नो राजनितिक उदेस्य को लागि पनि उत्प्रेरक बन्न पुगेका छन । त्यस्ता केही ब्यक्तीको कार्यले सम्पुर्ण सनातन धर्मलाई अपहेलना गर्नु र जातियभेद र छुबाछुत कै कारण धर्मान्तरण गर्नु बास्तबमा सान्दर्भिक हुदैन। यसले समाजलाई बिखन्डन र सामाजिक हिंसा तर्फ उन्मुख गर्दछ । सुमन राज ढुंगेल हरिओन, सर्लाही

प्रतिक्रिया दिनुहोस