संविधान संसोधन प्रस्ताव स्थगित भएपछि भारतिय मिडियामा हर्षबढाँई


ओली सरकारले लिम्पियाधुरा, लिपुलेख, कालापानी समेटेर जारी गरेको नेपालको राजनैतिक नक्सालाई आधिकारिकता दिन प्रस्ताव गरिएको संविधान संसोधनको प्रस्ताव संसदको कार्यसूचीबाट हटेपछि भारतिय मिडियामा हर्षबढाँई सुरु भएको छ।

सुगौली सन्धी अनुसार नेपालको भूभाग भएको तर नेपाली नक्सामा नभएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेखलाई नेपालको भूभाग देखाइ जारी गरेको नक्सालाई आधिकारिकता दिन सरकारले संविधानमा भएको निशान छाप संसोधनको प्रस्ताव अघि सारेको थियो । उक्त संसोधन प्रस्तावमा आज बुधबार भोट हुने संसदको कार्यसुची रहेको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलिय बैठकमा समाजवादी जनता पार्टी (सजपा) ले उक्त संसोधन प्रस्तावसँगै आफ्ना पुराना माग समेत सामेल गर्नु पर्ने भन्दै संसोधन प्रस्तावको पक्षमा भोट गर्न आनकानी गरेको थियो । त्यसैगरि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उक्त प्रस्तावमा भोट गर्न संस्थागत निर्णय गर्नु पर्ने भन्दै केहि समय चाहिने सर्वदलिय बैठकमा जानकारी गराएसँगै संविधान संसोधनको प्रस्ताव अन्योयमा परेको हो।

संविधान संसोधन गर्न आवस्यक पर्ने दुई तिहाई मत सत्तारुढ नेकपासँग नभएको र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सजपाको मत आवस्यक पर्ने भएकोले उक्त प्रस्ताव संघिय संसदको कार्यसुचीबाट अनिस्चित समयको लागि हटाईको हो ।

उता भारतिय मिडियाले निशान छाप संसोधन प्रस्ताव स्थागित हुनु भारतको कुटनितिक विजय भएको जनाएको छ। भारतिय मिडियाका अनुसार भारतले पर्दा पछाडी खेलेका कुटनैतिक पहलको कारण संसोधन प्रस्ताव अन्योलमा परेको दावी गरेको छ।

न्यूजनेशन टिभीको सल्लाहकार सम्पादक दीपक चौरसियाले संविधान संसोधन प्रस्ताव आजको कार्यसुचीबाट हट्नु भारतको नेपाल माथि ठुलो कुटनितिक सफलता भएको भन्दै ट्विट गरेका छन। त्यसै गरि टाइम्सनाउ टेलिभिजनले नेपालमाथि आपत्तीजनक शब्द प्रयोग गर्दै पर्दा पछाडि भारतले गरेको कुटनितिक प्रयासको नतिजा स्वरुप संसोधन प्रस्ताव अन्योलमा परेको जनाएको छ।

यस अघि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले संस्थागत निर्णय गर्न भनि सर्वदलिय बैठकमा केहि समय मागेको ट्विट मार्फत पुष्टि गरेका थिए।

त्यसै गरि नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले नेपाली कांग्रेसले संस्थागत निर्णय गर्नको लागि समय लिएको ट्विट मार्फत पुष्टी गरेका छन। उनले पार्टी केन्द्रीय समितिको बैठक भोली नै बोलाई निर्णय गर्न पार्टी सभापति शेर बहादुर देउवालाई आग्रह समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस