कमल थापाको कडा ट्विट ‘एसेट’हरुले आफ्ना प्रभुलाई क्षणिक आत्मरति दिन खोजेका होलान्। तर,रोक्न सक्दैनन्।’


काठमाडौं, १५ जेठ । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कडा ट्विट गर्दै ‘एसेट’हरुले आफ्ना प्रभुलाई क्षणिक आत्मरति दिन खोजेका होलान्। तर,रोक्न सक्दैनन्’ भन्नुभएको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न ल्याएको संविधान संशोधन विधेयक

सम्भावित कार्यसूचीबाट हटाएपछी थापाको ट्विट आएको हो ।

अध्यक्ष थापाको ट्विट’निशानछाप परिवर्तन सम्बन्धी संविधान संशोधन विधेयक संसदबाट पारित हुनेमा कुनै द्विविधा छैन।नेपाली जनताको सशक्त अभिमत बिरुद्ध जानसक्ने क्षमता अब कुनै दलमा छैन।
संसदको कार्यसूचीमा राखेर पनि हटाउने कार्यबाट ‘एसेट’हरुले आफ्ना प्रभुलाई क्षणिक आत्मरति दिन खोजेका होलान्।तर,रोक्न सक्दैनन्।’

प्रतिक्रिया दिनुहोस