राष्ट्रियताको मुद्दामा सिङो देश र नेपाली जनता एक हुनुको विकल्प छैन : रमेश पौडेल सहसंयोजक राष्ट्रिय युवा संघ नेपाल


काठमाडौं, जेठ १५ । राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले राष्ट्रियताको मुद्दामा सिङो देश र नेपाली जनता एक हुनुको विकल्प नभएको बताउनु भएको छ ।

उहाले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै भन्नुहुन्छ ‘ नेपाली काङ्ग्रेसले संविधान संसोधनका बिषयमा दोहोरो चरित्र देखाईरहेकाे छ ।कम्तिमा पनि राष्ट्रियताको मुद्दामा नेपाली काङ्ग्रेस जस्तो लामो समयसम्म हामीसंगै लोकतन्त्रको लागि लडेको पार्टीले अडान राखेर नक्सा पास गर्न भुमिका खेलेकाे भए राम्रो हुने थियो । तर, उल्टाे केन्द्रीय समितिबाट पास गर्नु पर्छ भन्दै समय मागेर याे बिषयमा सबैलाई अचम्मित बनाएकाे छ । राष्ट्रियताको मुद्दामा सिङो देश र नेपाली जनता एक हुनुको बिकल्प अरु छैन ।तसर्थ संविधान संसाेधनकाे प्रस्ताव कार्यसुचिबाट हटाएर पुन नेपाली काग्रेस सहित सदनमा प्रतिनिधित्व गर्ने दलहरूलाई याे बिषयमा संगै लिएर हिड्न खाेज्ने सरकारकाे शु-विचार र कर्मलाई साधुवात छ । अहिले राष्ट्रभक्त प्रधानमन्त्री देशले पाएको छ, अवसर यहि बेला हो प्रधानमन्त्रीलाई सबैले साथ दिउ !! हाम्रो भुमि फिर्ता लिउ।’

प्रतिक्रिया दिनुहोस