विश्वभर २५ लाख ७९ हजार ६ सय ९१ जनाले कोरोनालाई जिते


विश्वभर कोरोना भाइरसको संक्रमणलाई शुक्रबार बिहानसम्म २५ लाख ७९ हजार ६ सय ९१ जनाले कोरोनालाई जितेका छन । मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार नाघेको छ । ५९ लाख भन्दा बढी संक्रमित भएका छन ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३ हजार ३ सय ३० जना पुगेको छ । त्यहाँ अझै ११ लाख ६६ हजार ४ सय ६ जना संक्रमित छन् । संक्रमित मध्ये १७ हजार २ सय २ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा कोरोनाबाट ४ हजार ७ सय ११ जना मृत्यु भएको छ । भारतमा अहिलेसम्म १ लाख ६५ हजार ३ सय ८६लाई कोरोना संक्रमित भई सकेको छ । त्यसमध्ये ७० हजार ९ सय २० जना भने कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस