नेकपा सचिवालय बैठकले एमसीसी अनुमोदनको बारेमा यस्तो गर्‍यो निर्णय


नेकपा सचिवालय बैठकले एमसीसी अनुमोदनको जिम्मा स‌ंसदलाई नै दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले प्रस्तुत गरेको बजेटको अनुसूचीमा एमसीसीसम्बन्धी योजनाबारे उल्लेख भएको विषयमा थप स्पष्ट गर्नुपर्ने विषयमा छलफल भएको थियो ।एमसीसी सम्झौता हाल संसदमा विचाराधीन रहेको र संसदले त्यसलाई अनुमोदन गरेमा सोही अनुसार जाने र अनुमोदन नभए सरकारले आवश्यक वैकल्पिक उपायबारे सोचेर अघि बढ्ने कुरा अर्थमन्त्रीले बैठकमा जानकारी गराउनुभएको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभयो।

प्रमका प्रेस सल्लाहाकार सुर्य थापाले ‘बजेटमा अनुसूचिमा रहेकाे बजेटकाे स्राेतमा उल्लेख भएकाे एमसीसी संसदमै विचाराधीन विषय रहेकाे हुनाले पछि निर्णयबमाेजिम हुनेगरी अर्थमन्त्रीले स्पष्ट पारिने छ ।
त्यस क्रममा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमकाे प्रत्युत्तर दिदाँ उल्लेख गर्नुभएबमाेजिम भाषा स्पष्ट गरिने छ ।
हाल एमसीएले गरिरहेका कामहरूकाे सम्बन्धमा अनुमाेदनपछि गरिनुपर्ने कतिपय काम अघि नबढाउने गरी स्थिति बुझेर स्पष्ट पारिने छ ।
एम्सीसीकाे बारेमा सचिवालयमा व्यापक छलफल गरी पछि निर्णय गरिने छ । भन्ने कुरा आफ्नो फेसबुकमा लेख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस