संविधान संशोधनको पक्षमा मतदान गर्न कांग्रेसको निर्देशन


काठमाडौँ, १७ जेठ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकबारे छलफल गर्न बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिइएको हो ।

युवा नेता गगन थापाले ट्विट गर्दै परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन दिएको बताउनु भयो

प्रतिक्रिया दिनुहोस