सरकारले आजको प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने


प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूची छ ।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेटी सरकारले गत जेठ ५ गते नयाँ नक्सा प्रकाशित गरेको थियो भने जेठ ९ गते संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।

प्रतिनिधि सभाले यसअघि जेठ १४ गतेका तय गरेको उक्त विधेयक टेबुल गर्ने कार्यसूची अन्तिम समयमा आएर हटाएको थियाे।

संघीय संसद सचिवालयले फेरि आइतबारका लागि सम्भावित कार्यसूचीमा संशाेधन विधेयक राखेकाे छ।

Image

प्रतिक्रिया दिनुहोस