निजि स्कुलहरुले भर्ना प्रकृया अगाडि बढाए स्कुलका सञ्चालकलाई गिरफ्तार गर्न बिकल्प खुला रहेको छ : संयोजक महर


काठमाडौँ, १८ जेठ । अनेरास्ववियूका प्रभावशाली नेता एवम संयोजक ऐन महरले लकडाउनको बेलामा निजि स्कुलहरुले सरकारले अनुमती नदिएर जबर्जस्ति भर्ना प्रकृया अगाडि बढाएमा तिनओटा बिकल्प प्रस्तुत गर्नु भएको छ ।

सो सम्बन्धी सामाजिक सञ्जालमा स्टाटस राख्दै संयोजक महरले भन्नुभएको छ, लकडाउनको बेलामा निजि स्कुलहरुले सरकारले अनुमती नदिएर जबर्जस्ति भर्ना प्रकृया अगाडि बढाएछन भने हामी संग तिनओटा बिकल्प हुनेछन:
पहिलो: निजि स्कुलका सञ्चालकहरुले स्वबिबेकले यो निर्णय फिर्ता लिने र कोरोना संक्रमणको जोखिम बाट विद्यार्थी हरुलाई जोगाउने साथै जिम्मेवार नागरिकको रुपमा आफुलाई प्रस्तुत गर्ने।
दोस्रो: यदि स्वबिबेकले निजि स्कुलका सञ्चालकले यो निर्णय सच्याएनन भने सरकारले कानुन बमोजिम कार्बाही गर्ने र निजि स्कुलका सञ्चालकलाई गिरफ्तार गर्ने।
तेस्रो: माथिका दुवै बिकल्प कार्यान्वयन नभएको स्थितिमा विद्यार्थी संगठनले आवस्यकताका आधारमा तालाबन्दी गर्ने र अटेर गर्ने निजि स्कुलको कानुनी रुपमा सम्बन्धन खारेज गर्न संघर्ष गर्ने।
अब कुन बिकल्प रोज्ने निजि स्कुलका मालिकहरुको मर्जी हजुर ! साथै तयारी अवस्थामा रहन अनेरास्ववियूका साथिहरुलाई हार्दिक अनुरोध गर्दछु।

प्रतिक्रिया दिनुहोस