मुख्यमन्त्री पोखरेलको कडा स्टाटस “राष्ट्रिय शक्तिलाई कमजोर बनाउने कुप्रचारलाई कुनै पनि अर्थमा उचित मान्न सकिदैन ।”


प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय शक्तिलाई कमजोर बनाउने कुप्रचारलाई कुनै पनि अर्थमा उचित मान्न सकिदैन भन्नुभएको छ ।

आज केही समय अघी सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उहाँले भन्नुभयो “कोरोनाको कहर सुरुहुनुभन्दा पहिलेको नियमित बजेट कार्यक्रम अन्तरगत खरिद प्रकृयामा गएका कार्यक्रमलाई कोरोनाको संकटसंग जोडेर राष्ट्रपति,मन्त्रिपरिषद र सरकारलाई बदनामगर्न खोज्नेको नियत वुझ्न सकिन्छ । भारतले अतिक्रमण गरेको नेपाली भूभाग फिर्तागर्ने अभियानमा सिंगो राष्ट्र जुट्नेवेला राष्ट्रिय शक्तिलाई कमजोर बनाउने कुप्रचारलाई कुनै पनि अर्थमा उचित मान्न सकिदैन ।
कोरोना महामारी विरुद्ध जुध्न खरिदप्रकृयामा नगएका थुप्रै कार्यक्रमलाई सरकारले स्थगित गरेर आवश्यक रकमको जोहो गरेको तथ्यलाई नविर्सौ ।”

प्रतिक्रिया दिनुहोस