कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, एकै दिन २८८ संक्रमित


काठमाडौं, २० जेठ– नेपालमा कोरोना भाइरसको संक्रमण आज २ सय ८८ जनामा  पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म २ हजार ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोरोना भाइरस पुष्टि भएका व्यक्तिको संख्या २ हजार ९९ पुगेको जानकारी दिनुभएको हो । जसमध्ये १ हजार ९ सय पुरुष र १ सय ५० जना महिला संक्रमित छन् । कोरोनाको संक्रमण ६१ जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणपछि निको भएर डिस्चार्ज हुनेको संख्या २६६ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस