कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु


काठमाडौं, २२ जेठ–नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एकजनाले पनि ज्यान गुमाएका छन ।

पाल्पा घर भएका ४५ बर्षिय पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित ५ दिनअघि भारतबाट नेपाल आउनुभएको बताउनुभएको छ ।

भारतबाट नेपाल प्रवेश गरेपछि क्वारेन्टीनमै रहेका बेला जेठ २० गते उहाँको  निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस