पूर्वमन्त्री बाँस्कोटाको कडा ट्विट’नक्शा संसाेधनमाथि मतदान हुँदा ओठतालु नसुकाेस,हात नकापाेस र स्वर नलर्वराओस’


नेकपाका प्रभावशाली नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले आफूमाथी गलत प्रश्न गर्नेहरू माथी सामाजिक सन्जाल ट्विटरबाट कडा प्रहार गर्नुभएको छ । उहाले ‘मेरो राष्ट्रवादमाथि प्रश्न खडा गराउनेहरुकाे ओठतालु नसुकाेस,हात नकापाेस र स्वर नलर्वराओस ‘ भन्दै आज एक ट्विट गर्नुभएको छ ।

आइतबार साँझ बाँस्कोटा भारतीय राजदुतसँग भेट गर्न लैनचौरस्थित दूतावासमा गएको भन्दै केहीले उहाको राष्ट्रवादमाथि प्रश्न गर्न थालेपछी उहाको त्यो ट्विट आएको अनुमान गर्न सकिन्छ ।

उहाले ट्विटरमा लेख्नु भएको छ‘काे राष्ट्रवादी काे राष्ट्रघाती देखिएकै छ।र,पुनःपरिक्षण निकट भविष्यमै हुँदैछ।मलाई हेर्नु याे छ -जतिबेला सदनमा नक्शा संसाेधनमाथि मतदान हुन्छ,त्याेक्षण मेराे राष्ट्रवादमाथि प्रश्न खडा गराउनेहरुकाे ओठतालु नसुकाेस,हात नकापाेस र स्वर ननलर्वराओस। समाधानकाे विधि के? म स्पष्ट छु -वार्ता ‘

प्रतिक्रिया दिनुहोस