महाकाली नदीको मुहानबारे प्रम ओलीले २०५३ सालमा दिएको ऐतिहासिक सुझाव


२३ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०५३ मा नेकपा(एमाले) द्वारा गठित अध्ययन कार्यदलका तर्फबाट सर्वसम्मतिले प्रस्तुत गर्नुभएकाे महाकाली नदीकाे मुहान, सीमा विवाद र समाधान सम्बन्धी अंश
३.४ सीमाको स्पष्ट निर्धारण ः
महाकाली नदीका बारेको उल्लिखित (एकीकृत विकाससम्बन्धी) सन्धिको सन्दर्भमा अध्ययन विश्लेषण गरिनुपर्ने विषयका रुपमा रहेको एउटा महत्वपूर्ण पक्ष हो– नेपालको पश्चिमका सम्पूर्ण सीमाको स्पष्ट निर्धारण । उद्गमस्थलदेखि ब्रम्हदेवमण्डीसम्म महाकाली नदी स्वयं नेपाल–भारत सीमाना रहेको तथ्य सुगौली सन्धि र त्यसपछिका थुप्रै प्रमाणहरुले छर्लङ्ग पारेका छन् । यसमा भारत र नेपाल दुबैको सैद्धान्तिक सहमतिसमेत रहेको देखिन्छ । तर महाकाली नदीको उद्गमस्थलतर्फ अगाडि बढ्दै जाँदा धेरैवटा शाखा प्रशाखाले यो नदी सीमा नदी निर्माण भएको छ । खासगरेर उद्गम क्षेत्रका ३ वटा शाखामध्ये कुनचाहिँ महाकाली नदीको मूल शाखा वा महाकाली नदी हो त भन्ने कुरामा भने भारत र नेपालबीच मतभेद रहिआएको देखिन्छ । सुगौली सन्धि र त्यसको केही समयपछिसम्म लिम्पियाधुरा पासबाट पूर्व–दक्षिण भई आउने कुटीयाङ्दीसमेत भनेर चिनिने नदीलाई महाकाली मानिएका प्रमाण भेटिन्छन् । (सन् १८३६ को नक्साआदि) पछि क्रमशः लिपुलेकबाट सोझै दक्षिणतर्फ आउने शाखालाई काली नदी (सन् १९०५ तिरको बृटिश रेजिडेण्टको नक्साआदि) भनिन थालिएको देखिन्छ । त्यसपछि भारतीय पक्षले सन् १९६२ पश्चात् क्रमशः टिङ्कर भञ्ज्याङतिरबाट आउने नाम थाहा नभएको सानो खोल्सीलाई काली नदी बताउँदै नेपाल–भारत सीमानालाई नेपालतर्फ ठेल्ने प्रयिगत्न गरेको देखिन्छ । यसरी महाकालीको सबभन्दा उत्तधरखण्डमा नेपाल–भारत सीमाको स्पष्ट निर्धारण भयइनसकेको स्थिति छर्लङ्ग छ । सम्पूर्ण सिङ्गो रुप र त्यससँग सम्बन्धित सीमा निर्धारणको सवालमा स्पष्ट हुनुपर्ने कुरा महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धिमा हस्ताक्षर गर्नु अगाडि आवश्यक गृहकार्य नभएको देखिन्छ । अतः सीमा निर्धारणसम्बन्धी यो अस्पष्टता हटाइनु अपरिहार्य छ ।

सन्धिका सन्दर्भमा सुधारिनुपर्ने पक्षहरु –

  • महाकालीको उद्गम स्थलदेखि नेपाल–भारत सीमाको झिलमिलासम्मको सिमानालाई वैज्ञानिक ढंगले अन्तिम टुंगो लगाई आधिकारिक नक्सा तयार गरी सन्धिसँग उक्त नक्सा संलग्न हुनुपर्ने,
  • ब्रम्हदेवदेखि माथि महाकाली नदीको बीचमा बनेका टापुहरुको सम्बन्धमा सीमा निर्धारण गर्दा नेपाल–भारतले संयुक्तरुपमा उपयुक्त निर्णय गर्नुपर्ने ।

विविध

  • दार्चुला जिल्लाको उत्तर–पश्चिम क्षेत्रमा रहेको भारतीय सैनिक क्याम्प अविलम्ब हटाइनु पर्ने ।”
प्रतिक्रिया दिनुहोस