ह्वातै बढ्यो सुनको भाउ


काठमाडौं, २५ जेठ– लकडाउनका कारण बन्द भएको सुनचाँदीको व्यवसाय आजदेखि खुला भएको छ । साढे दुई महिनापछि नेपालमा सुनचाँदीको मूल्यले अहिलेसम्मकै महंगो रेकर्ड कायम गरेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ तय भएको छ । तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि चैत १० गते ७७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

लकडाउन लागू भएपछि अर्थात चैत ११ गतेयता आज पहिलो पटक सुनको मूल्य तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस