लकडाउन र सामाजिक दूरी कडाइपूर्बक पालना गरेपछी, न्युजिल्याण्डमा कोरोनाका बिरामी शून्य


काठमाडौं, जेठ २६ गते । न्युजिल्याण्ड कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको छ । अधिकारीहरुले सोमबार सङ्क्रमित अन्तिम बिरामी निको भएर घर फर्केको बताउँदै सङ्क्रमणमुक्त भएको जनाएको छ । न्युुजिल्याण्डको अस्पतालमा कोरोनाभाइरसका सङ्क्रमण सक्रिय रहेको एउटै बिरामी छैन् ।
बीबीसीका अनुसार दुई साता अघि फेला परेका नयाँ सङ्क्रमित सोमबार उपचारपछि फर्केका छन् । जसिन्दा आर्डेन नेतृत्वको सरकारले सामाजिक दूरी पालना सम्बन्धी प्रतिबन्धलाई खुकुलो बनाउनेबारे छिट्टै निर्णय लिनेछ । न्युजिल्याण्डमा केही साताका लागि अत्यन्तै कडाइका साथ लकडाउन गरिएको छ । लकडाउन र सामाजिक दूरी कडाइपूर्बक पालनाले महामारी नियन्त्रणमा आउन सकेको हो ।
गोरखापत्रवाट

प्रतिक्रिया दिनुहोस